आरएमडीसीले आशा किरण केन्द्रलाई दियाे एक लाख रूपैयाँ

  २०७६ फागुन ५ गते १६:१७     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले वीरगंजस्थित श्री आशा किरण केन्द्रलाई अक्षरेपी एक लाख सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले आशा किरण केन्द्रका अध्यक्ष सुनिल कुमार गुप्तालाई हस्तान्तरण गरेका हुन् ।

सुस्त मनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरुलाई हेरचाह गर्ने संस्था श्री आशा किरण केन्द्रलाई संस्थाले साे बराबरकाे रकम   दिएर सहयाेग गरेकाे छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था नेपालका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ ।

हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रबन्धकद्वय अन्नपूर्ण श्रेष्ठ, रुप बहादुर खड्का, प्रवन्धकद्वय अनिल कृष्ण जोशी, ज्ञानु माया भण्डारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.