क्यान्सर जनचेतनाका लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न

  २०७६ फागुन ५ गते १२:५२     विकासन्युज

काठमाडौं । ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न भएको छ ।काठमाडौँ ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम माघ २४ सम्पन्न भएको हो ।

विश्व क्यान्सर दिवसको अवसरमा ‘आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रबर्द्धन पनि गरिएको थियो ।

नेपाल टुरिजम बोर्डको प्रांगणबाट क्यान्सर जनचेतना सम्बन्धी स्टिकरहरुद्वारा सुुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल टुरिजम बार्डबाट निस्किएका गाडीहरु थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको हो । सम्पूर्ण गाडीहरुमा जिपिएस जडान गरी गाडीहरु चेकप्वान्ट पार गरे नगरेको निरीक्षण गर्नुका साथै नियमानुसार प्रति घन्टा ८० कि.मि भए नभएको निगरानी गरिएको थियो ।

करिब १० घण्टाको यात्रापछि सम्पूर्ण गाडीहरु पोखरास्थित वाटर फ्रन्ट होटलमा बस्ने प्रावधान गरी साँझ औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पूर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य तथा रिया बस्नेत लगायत विभिन्न संघ संस्थाहरुक प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्ट मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको दोश्रो दिन काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा सारङकोट स्थित जनजागृति माध्यामिक विद्यालयमा ज्योति लाईफको सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई ब्याग, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरियो । साथै, स्थानीय प्रतिनिधि तथा पोखरा उप महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ्ग उपस्थित उक्त कार्यक्रममा ३८५ जनाको उपचार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.