परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले सुरु गर्यो अनलाईन टिकट सेवा

  २०७६ फागुन ४ गते १६:२८     विकासन्युज

काठमाडौं । थापाथली स्थित परोपकार प्रसुति गृह तथा स्त्री अस्पतालले अनलाईन टिकट सेवा गरेको छ । घण्टौं लाईनमा बस्नुपर्ने ग्राहकहरूकाे बाध्यतालाई हटाई अस्पतालले आईतबारदेखि उक्त सेवा सुरु गरेको हो ।

ग्राहकहरुले प्रभु पे एप्स मार्फत उक्त सेवा सुविधा लिन सक्नेछन् । जस मार्फत ग्राहकहरुले अब कुनै झण्झट सजिलै टिकट काट्न सक्ने अस्पतालका निर्दशक डा. जागेश्वर गौतमले बताए । साथै, काटिएको टिकेट सिधै ओपिडीमा पठाईने उनले जानकारी दिए ।

यस्तै, बेलुका ३ बजेपछिको सेवाको लागि बिरामीहरुले आफ्ना डाक्टर छानेर सेवा लिन सक्नेछन् ।

यो सेवा लिनको लागि प्रभु पे एप डाउनलोड गनुपर्ने छ । यो एप्स खाेलेर त्यसपछि परोपकार अस्पतालकाे बटममा किल्क गरेर फारम भरी ५० रूपैयाँ बुझाई टिकट काट्न सकिने छ ।

अस्पतालले यसअघि लाईन थेग्न नसकेर टोकन सेवा संचालन गरेको थियो । अस्पतालमा दैनिक ओपीडीमा ७ सय भन्दा बढि मानिसहरु आउने गरेकाे गौतम बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.