नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्गद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  २०७६ फागुन ४ गते १५:४८     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वद्यिालय तथा सि.टी.ई.भि.टी.बाट सम्वन्धन प्राप्त गरी वि.एस.सी. नर्सिङ्ग, पि.वि.एन.एस. तथा पि.सी.एल नर्सिङ्गमा अध्ययन÷अध्यापन हुने नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनको दशौ वार्षिकोत्सवको उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा यस कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रसको मानव जीवनको लागि वहुमुल्य वस्तु रगतको कमीबाट कुनैपनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस भन्ने हेतुले “रक्तदान जीवनदान” को नारालाई सफल बनाउन यस कलेजले आफ्नो दशाैं वार्षिकोत्सवको उपलक्ष्यमा ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरियो ।

सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत श्री कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियूटको दशौ वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य वस्तु रगतले कसैको जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

सोही अवसरमा हाल विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.