हुण्डाई क्रेटाको नयाँ संस्करण छिट्टै सार्वजनिक हुने, यस्ता विशेषताले बनाउनेछ खास

  २०७६ फागुन १ गते १९:१२     विकासन्युज

काठमाडाैं । हुण्डाईले भारतमा आउँदो मार्च १७ तारिखका दिन क्रेटाको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । यस दोस्रो जेनेरेशन क्रेटामा परिमार्जित एक्स्टेरियर र इन्टेरियरका साथै बीएस६ इञ्जिन पनि समावेस हुनेछ ।

नयाँ क्रेटामा पहिलेको भन्दा बोल्ड डिजाइन हुनेछ । स्प्लीट हिटल्याम्प, स्प्लीट टेल-लाइट, नयाँ बम्पर र स्किड प्लेट, डुअल-टोन अलोए व्हिल्स लगायतले यसको एक्स्टेरियरलाई पहिलेभन्दा बोल्ड बनाएको हो । इन्टेरियरको कुरा गर्नुपर्दा ल्याण्डस्केप पोजिशनमा राखिएको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ब्लूलिङ्क कनेक्टर-कार टेक, पानोरामिक सनरुफ, वायरलेस चार्जिङ्ग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड सिटहरु लगायतले यसको इन्टेरियरलाई पहिलेभन्दा अझ तारिफयोग्य बनाएको छ ।

हुण्डाईले क्रेटाको इञ्जिनको बारेमा केहि खुलाएको भने छैन । तर भारतिय मिडियाहरुका अनुसार यसमा कियाको सेल्टोसकै इञ्जिन समावेश हुनेछ । यसको मतलव क्रेटा सेल्टोसको १.५ लिटरको डिजेल र १.५ लिटरकै पेट्रोल इञ्जिन र त्यसैगरी अर्को १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ ।

१.५-लिटर डिजल इञ्जिनले ११५ पीएसको पावर र २५० एनएमको टर्क उत्पादन गर्दछ भने १.५ लिटर पेट्रोल इञ्जिनले चाहिँ ११५ पीएसको पावर र १४४ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी अर्को १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनले चाहिँ १४० पीएसको पावर र २४२ एनएमको टर्क उत्पादन गर्दछ । हालको क्रेटा १.६ लिटरको पेट्रोल तथा डिजेल इञ्जिन र त्यसैगरी १.४ लिटरको पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ ।

फस्र्ट जेनेरेशन क्रेटाले मिडसाइज एसयूभी सेग्मेन्टमा ठूलो सफलता हासिल गर्न सफल भएको थियो । त्यसैले अब आउने नयाँ क्रेटालाई ठूलो जिम्मेवारी थपिएको छ, विशेषगरी अहिलेको बेजोड प्रतिष्पर्धीहरु बजारमा भइरहेको समयमा । लञ्च पश्चात् नयाँ क्रेटाले कियाको सेल्टोस, एमजीको हेक्टर र टाटाको एच५ लगायतका एसयूभी सित ठाडो प्रतिष्पर्धा गर्नुपर्नेछ । भारतिय बजारमा सो कारको मूल्य १० लाख रुपैयाँदेखि १६ लाख रुपैयाँको हाराहारी पर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.