महिला सहयात्रा लघुवित्तको कर्मचारी पुनर्ताजगी तालिम आजबाट शुरु

  २०७६ फागुन १ गते ११:०१     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय  मकवानपुरले २ दिने पुनर्ताजगी तालिम हेटौडामा सुरु गरेको छ । तालिम प्रदेश २ र ३ अन्तर्गतका ४० जना कर्मचारीलाई  दिने भएकाे छ । उक्त तालिमको उद्घाटन भिडियो कलमार्फत संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले गरेकी हुन् ।

फागुन १ र २ गते चल्ने यस कार्यक्रममा तालिमले कर्मचारीहरुको कार्य दक्षता, सीप अभिवृद्घि गर्ने उदेश्यको साथै संस्थाको सदस्यहरुलाई उद्यमशील तालिम मार्फत उद्यमी बनाई कार्य गर्न सल्लाह, सुझाव दिएका छन् ।

यस २ दिने तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैकिंङ सिस्टमबारे कर्मचाारीहरुलाई सिकाउने उद्देश्य रहेको छ ।

तालिममा केन्द्रीय कार्यालयका कर्मचारीहरु वित्त विभाग प्रमुख सरिता श्रेष्ठ , कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा र आइटी विभागका संजीव मानन्धरको उपस्थिति रहेको छ ।

रु १२ करोड १० लाख चुक्ता पुंजी रहेको यस महिला सहयात्राले दुर्गम तथा विकट बैकिंङ पहुंच नपुगेको स्थानहरुमा ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वचत, कर्जा, रेमिटान्स, लघुबिमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ भने यस संस्थाले हाल सम्म ३७ करोड बचत सकंलन गरि १ अर्व ३६ करोड कर्जा लगानीमा रहिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.