सेन्चुरी बैंकको नाफा ६५ करोड, आधार दर घट्यो

  २०७६ माघ २९ गते १२:३१     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा ६५ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आवको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब १४ करोड रुपैयाँ नाफा बढाएको हो ।

बैंकले गत पुस मसान्तसम्ममा सर्वसाधारणलाई ५९ अर्ब ५० करोड ७१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

यस्तै, बैंकमा सर्वसाधारणको ६१ अर्ब २४ करोड ७८ लाख रुपैयाँ निक्षेप छ । गत आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ निक्षेप थियो ।

बैंकले गत आवको पुस मसान्तसम्ममा ३ अर्ब ९२ करोड ९ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ५८ करोड १६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ४ अर्ब १९ करोड ६९ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको सेन्चुरीले चालु आवको सोही अवधिमा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा ०.८४ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.६७ प्रतिशत पुगेको छ । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले १३६ प्रतिशत रकम राखेको छ ।

बैंकको कष्ट अफ फण्ड ७.८६ प्रतिशत छ । गत आवको सोही अवधिमा कष्ट अफ फण्ड ८.८९ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७९ प्रतिशत पुगिसकेको छ । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म मात्रै पुर्याउन पाइने भएकोले थप कर्जा प्रवाहमा बैंकलाई समस्या छ ।

बैंकको आधार दर १०.३५ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा आधार दर ११.५० प्रतिशत थियो । यस्तै गत आवको पुस मसान्तसम्ममा ३.६३ प्रतिशत रहेको कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड) दर चालु आवको पुस मसान्तसम्ममा ४.७६ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.