आइफोन बनाउने कम्पनीले मास्क उत्पादन थाल्यो, मोटर्स उत्पादक पनि एप्पललाई पछ्याउँदै

  २०७६ माघ २९ गते १३:०२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी संक्रमण बढिरहँदा ठूलो अन्तराष्ट्रिय कम्पनीहरुले प्रतिकार्यका विभिन्न नविन कदमहरु सार्वजनिक गर्न थालेका छन् ।
पछिल्लो उदाहरणको रुपमा एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल फक्सकनले हालै सर्जिकल मास्कको उत्पादन गर्ने घोषणा गरेको छ ।

रोयटर्सले जनाएअनुसार यसै वर्षको सुरुवातमै कोरोना भाइरसको प्रकोपसँग जुध्न सान्जेनस्थित आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना बन्द गरेको फक्सकनले चीनमा हाल ब्यापक मागमा रहेको मेडिकल मास्क उत्पादन गर्ने जनाएको हो ।

कम्पनीले परिक्षण उत्पादन थालिसकेको छ । पहिलो चरणमा उत्पादित मास्क कम्पनीका कर्मचारीलाई वितरण गर्ने र सोपश्चात उसले मास्कलाई पूरै चीन तथा संसारका विभिन्न देशहरुमा उपलब्ध गराउने भएको छ ।  यो कम्पनीले उत्पादन गरेको आइफोन पनि पहिला कर्मचारीलाई वितरण गर्ने र त्यसपछि मात्र विक्रीका लागि बजारमा पठाउने गर्दै आएको थियो ।

विश्वको सबैभन्दा ठूलो मास्क उत्पादक चीनले गत वर्षमात्र पाँच अर्ब मास्क उत्पादन गरेको थियो । तथापी, कोरोना भाइरसको प्रकोपसँगै उसले प्रतिदिन उत्पादन गर्ने एक करोड ५० लाख मास्कले हालको चुलिँदो मागलाई धान्न सकिरहेको छैन ।

फेब्रुअरीको अन्तिम सातादेखि दिनको २० लाख मास्क उत्पादन गर्ने जनाएको फक्सकनले बताएको हो । “महामारीबिरुद्धको यस युद्धमा हरेक एक सेकेण्डको ठूलो महत्व छ,” कम्पनीले सामाजिक माध्यम वुइच्याटमा लेखेको छ ।

फक्सकनले अगाडी लेखेको छ, “हामीले जति छिटो निवारणजन्य कदम चाल्छाैं, त्यति छिटो भाइरसको संक्रमणलाई रोक्न सक्छांै । जति छिटो जीवनको रक्षा गर्न सक्छाैं, त्यति छिटो नै यस प्रकोपमाथि विजय हासिल गर्न सक्दछाैं ।”

आइफोनको अलावा विश्वको सबैभन्दा ठूलो विद्युतीय उपकरण निर्माता मध्येको एक फक्सकनले आइप्याड, अमेजन किण्डल र प्लेस्टेसन्स् लगायत विभिन्न आम उपभोग्य विद्युतीय सामाग्री तथा आवश्यक पाटपूर्जाहरु उत्पादन गर्दछ ।

कारोना भाइरसको प्रकोपपश्चात यस्तो नविन उत्पादनको धारणा सार्वजनिक गर्ने फक्सकन पहिलो कम्पनी हो र यसको घोषणालाई चीन तथा अन्य विभिन्न देशहरुमा पनि सराहना गरिएको छ भने कम्पनीले उसको कदमलाई “सबैभन्दा ठूलो ब्यवसायिक उत्तरदायित्वमात्र नभइ समाजप्रतिको पनि उत्तरदायित्व” भएको बताएको छ ।
चीनभित्र १२ वटा उत्पादन केन्द्र रहेको यस कम्पनीले कोरोना भाइरसको प्रकोपस“गै प्राय सबै केन्द्रहरु बन्द गरेको थियो ।

आफ्नो नियमित उत्पादन प्रक्रियालाई सकेसम्म छिटो सूचारु गर्न प्रयासरत फक्सकनले उसका कारखनाहरु बन्द रह“दा एप्पलका उत्पादनहरुको आपूर्ति चक्रमा विश्वब्यापी अवरोध आउनसक्ने सम्भावनालाई चा“डोभन्दा चा“डो सम्बोधन गर्नका लागि कम्पनीले मास्क उत्पादन गर्ने घोषणा सार्वजनिक गरेको हो ।

केहि विश्लेषकहरुले यस वर्ष स्मार्ट फोनको आपूर्तिमा १० प्रतिशतको गिरावट आउने र एप्पलका मोबाइल सेटहरु, विशेषगरी आइफोन ११ को नया“ संस्करणको बजारमा अभाव देखिने आ“कलन गरेका छन् ।

यसका अलावा फक्सनले चीनभित्रको सबैभन्दा ठूलो सेन्जेनस्थित उत्पादन केन्द्रमा आफ्ना कर्मचारीहरुमा हुनसक्ने सम्भाब्य कोरोना संक्रमणलाई पहिचान गर्ने क्षमतासहितको इन्फ्रारेड टेम्प्रेचर मापन प्रविधिको पनि स्थापना गर्ने जनाएको छ ।

अन्य कम्पनीहरु पनि मास्क उत्पादन गर्ने

यसैगरी विश्वप्रसिद्ध अमेरिकी कार उत्पादक जेनेरल मोटर्स्ले पनि कोरोना भाइरसको निवारणमा टेवा पुर्याउने उदेश्यका साथ सर्जिकल मास्क उत्पादन गर्ने घोषणा गरेको छ ।

यसको चिनियाँ साझेदार एसएआइसी–जीएम–वुलिङले तत्कालै दिनको १७ लाख मास्क उत्पादन गर्ने गरी १४ वटा प्रोडक्सन लाइन तयार गर्ने घोषणा गरिसकेको छ ।

चीनको स्वामित्वमा रहेको एसियाकै सबैभन्दा ठूलो पेट्रोलियम रिफाइनरी सिनोपेकले गत हप्ता मास्क उत्पादनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ । एघार वटा प्रोडक्सन लाइनबाट मास्क बनाउने बताएको सिनोपेकले कति परिणाममा उत्पादन गर्ने भन्ने खुलाएको छैन । यसैगरी टोयोटा र होण्डका लागि कार उत्पादन गर्ने ग्वान्जाउ अटोमोबाइल ग्रुपले पनि मास्क र सो निर्माणका लागि आवश्यक उपकरणको उत्पादन गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.