नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित

  २०७६ माघ २८ गते १०:३२     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की  निर्वाचित भएका छन् ।

डा. कार्की सबैभन्दा बढि मत सहित अध्यक्ष पदमा  निर्वाचित भएका हुन् । जम्मा ६ हजार १ सय ५७ मतमा डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याएका थिए ।

संघमा एक जना सदस्य बाहेक सबै पदमा डा. लोचन कार्कीको लोकतान्त्रिक समुह विजयी भएको छ ।

१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भए। त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन्।

महासचिवमा भने बद्री रिजाल निर्वाचित भए। उनले २ हजार ४३१ मत पाए । यस्तै काेषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् ।

गत शुक्रबार देखि सुरु भएको मतगणना मंगलबार बिहान सिद्धिएको हो ।

कसले कति भाेट ल्याए ?

अध्यक्ष

१. डा. लोचन कार्की – ४१११ [निर्वाचित]

२. डा. पुष्पमणि खराल १९७९

वरिष्ठ उपाध्यक्ष

डा. रक्षा श्रेष्ठ २२६२

डा. शिवप्रसाद श्रेष्ठ – ३५९५[निर्वाचित]

उपाध्यक्ष

डा. अनिलविक्रम कार्की ३९४५[निर्वाचित]

डा. रञ्जीतकुमार झा १९५४

महासचिव

डा. अजयकुमार मिश्र ८६९

डा. बद्री रिजाल २४३१[निर्वाचित]

डा. दीपेन्द्र पाण्डे १३०१

डा. मधुर बस्नेत – १३७८

कोषाध्यक्ष

डा. प्रकाश बुढाथोकी ३२७८[निर्वाचित]

डा. सञ्जीतकुमार साह २५७९

सहसचिव

डा. निरजकुमार सिंह ३७९०[निर्वाचित]

डा. शैलेन्द्र झा १८९४

सहकोषाध्यक्ष

डा. विश्वाराज दवाडी ३९३५[निर्वाचित]

डा. उदयनारायण सिंह १९४२

सदस्यहरु

१. डा. अमित चतुर्वेदी १५७४

२. डा. विक्रान्त ढकाल २५८६

३. डा. विपेश आचार्य २८८०[निर्वाचित]

४. डा. दीपकप्रसाद कोइराला १८६८

५. डा. जगदीशचन्द्र विष्ट १२४९

६. डा. लिजन महर्जन २८७२[निर्वाचित]

७. डा. नन्दकुमारी गुरुङ ३३१६[निर्वाचित]

८. डा. प्रमोद जोशी २७९६[निर्वाचित]

९. डा. प्रवीणकुमार गिरी ७४७

१०. डा. राकेश कुमार साह २३१३

११. डा. रितेश थापा ३७१७[निर्वाचित]

१२. डा. सञ्जीव तिवारी ३००४[निर्वाचित]

१३. डा. सुमान काफ्ले २२२६

१४. डा. त्रिभुवन चन्द्र झा १८१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.