राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश पारित

  २०७६ माघ २४ गते १७:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित १२ प्रतिशत नगद लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न बैंकको चौधौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले हालकाे चुक्ता पुँजीकाे (एक अर्ब ८ कराेड रूपैयाँ) १२ प्रतिशत नगद लाभांश(कर समेत) पाउने छन् ।

साथै, बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.