लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए सपथ

  २०७६ माघ २२ गते १७:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.