नेप्से १२ अंकले घट्दा साढे एक अर्बको कारोबार, दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७६ माघ २१ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १२.०९ अंकले घटेको छ । बजार खुलेदेखि उतारचढाव देखिएको बजारमा काराेबार बन्द हुँदा परिसूचक ०.९० प्रतिशतले घटेर १३३७ अंकमा झरेकाे छ ।

दिनभरको बजारमा कूल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा बीमा कम्पनीहरु अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो र तेश्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यी कम्पनीको क्रमशः ६ करोड १३ लाख र ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा दुई कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् ।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी अर्थात ९.९९ प्रतिशत कमाएका छन् । त्यस्तै, दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ ।

बजारमा चार समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । होटल ७४, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १६, बैंकिङ १३ र उत्पादनमूलक ११ अंकले घटेका छन् । सबैभन्दा निर्जीवन बीमा समूह २८ अंकले बढेको छ । विकास बैंक, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.