बैदेशिक रोजगारीमा महिलाः जागिर घरेलु कामदार, देश खाडीदेखि युरोपसम्म

  २०७६ माघ २० गते १६:४३     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको छ । हालसम्म १ लाख ९ हजार १ सय ९९ जना महिलाहरु संस्थागत प्रणाली हुनै वैदेशिक रोजगारीमा गएका हुन् ।

बेरोजगारीले सिर्जना गरेको समस्या तथा घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै महिलाहरुले पनि देश छोड्ने क्रममा बढदै गएको छ । नेपालमा रोजगारीको अवसर नपाएसँगै वैदेशिक रोजगारमा जाने महिलाको उल्लेख्य स्वरुप बढेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा अधिकांश तराईका जिल्ला तथा प्रदेश २ का महिलाको बाहुल्यता छ । त्यस्तै बागमती प्रदेशको पहाडी जिल्लाका महिलाको बाहुल्यता भएसँगै मिश्रित समुदायको बसाई भएका तराईका जिल्ला बाहेक पनि बढ्दो छ ।

मुख्यतः काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लाबाट महिला बाहिरिने क्रम बढेको छ ।

पछिल्लो समय व्यक्तिगत प्रयासले नै वैदेशिक रोजगार महिलाको गन्तव्यको संख्या बढ्दै गएको छ । कुवेतमा सबैभन्दा धेरै महिला जाने गर्छन् भने त्यसपछि महिलाको गन्तव्य मुलुकको रुपमा जर्मनी स्थापित भएको छ ।

वैदेशिक रोजगारमा जाने अधिकांश महिलाहरु झापा र सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, मोरङ्ग, नुवाकोटका छन् । कुवेतमा २९ हजार ४ सय ६२ नेपाली महिला काम गरिरहेका छन् । ५ हजार १ सय ५१ संस्थागत र व्यक्तिगततर्फ २४ हजार ३ सय ११ जना रहेका छन् ।

हाल माल्दिभ्स जाने नेपाली महिलाको संख्या ५ हजार ४ सय ९५ जना रहेका छन् । त्यस्तै जर्मनी २ हजार १ सय ६३ जना गएका छन्, भने नेपाली श्रमिकको अर्काे गन्तव्य माल्टामा १ हजार ७ सय ८० जना नेपाली महिला काम गरिरहेका छन् ।

त्यस्तै, डेनमार्कमा १ सय ६५, टर्की २ सय ३०, इजरायलमा ८६, इजिप्टमा १ सय ५२, लेबनानमा ६८, स्वीडेनमा ४२ नेपाली महिला श्रमिक रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

अधिकांश महिलाहरु घरेलु कामका लागि रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा पछिल्लो समय व्यक्तिगत माध्यमद्धारा जानेको संख्या पनि बढ्दै गएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.