एलआईसीको सेयर बेच्ने भारत सरकारको घोषणा, ८ देखि १० खर्ब भारू उठाउने लक्ष्य

  २०७६ माघ १९ गते १४:४३     विकासन्युज

काठमाडौं । भारत सरकारले भारतीय जीबन बीमा निगम (एलआईसी) को सेयर विक्री गर्ने बताएको छ । सरकारी स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ ।

भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सरकारी स्वामित्वका कम्पनीको सेयर विक्रीबाट २१ खर्ब भारु उठाउने बताइएको छ । यही क्रममा एलआईसीको सेयर बेच्न लागिएको हो ।

भारत सरकारले जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गर्दै सन् १९५६ मा बेग्लै ऐन ल्याएको एलआईसी स्थापना गरेको थियो । जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गरेको ६४ वर्षपछि शतप्रतिशत सरकारी लगानीको कम्पनीकै सेयर विक्री गर्ने तयारीमा भारत सरकार छ ।

सो कम्पनीको कति प्रतिशत सेयर विक्री गर्ने भन्ने बारेमा भारत सरकारले केही बताएको छैन । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले एक समाचारमा एलआईसीको ८ देखि १० खर्ब रुपैयाँ बराबरको सेयर भारत सरकारले बेच्न सक्ने अनुमान गरेको छ ।

भारत सरकारले सेयर विनिबेसबाट उठाउने लक्ष्य राखेको २१ खर्ब भारुमध्ये एलआईसी र आईडीबीआई बैंकको सेयर विक्रीबाट ९ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको बीबीसीले एल्लेख गरेको छ ।

भारतको जीबन बीमा बजारमा एलआईसीको सेयर हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारत सरकारले सन् २००९ देखि राजस्व घाटा कम गर्न सरकारी कम्पनीको सेयर बेच्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.