साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार

  २०७६ माघ १८ गते १६:०२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २ सय ४९ कित्ता शेयर छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४ सय ६४ रुपैयाँमा खरीदबिक्री भए ।

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ मूल्यमा खरीदबिक्री भए ।

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २ सय ६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ मूल्यमा खरीदबिक्री भए ।

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १ सय ७८ कम्पनीका ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८ सय ५ रुपैयाँमा खरीदबिक्री भयो ।

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १ सय ७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३ सय ८३ रुपैयाँमा खरीदबिक्री भयो ।

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो ।

कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्टकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.