पहिलो पटक प्रदेश स्तरीय चित्रकला प्रदर्शनी विराटनगरमा

  २०७६ माघ १८ गते १२:५७     विकासन्युज

काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो ।

ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कला प्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रम ४० जनाभन्दा बढी व्यक्तित्वको चित्रकला अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले  प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले थियो ।

छ वटा विभाग यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भ्रमण वर्षलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ ललितकलाकारको प्रयोग गरेर कला तथा संस्कृतिमा पर्यटकहरुलाई तान्नमा जोड दिने प्रदेशको लक्ष्य रहेको छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण आवश्यक पर्दछ ।

प्रमुख अतिथि माननीय सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.