एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

  २०७६ माघ १५ गते १५:१६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन ललितपुर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतगजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका हुन् ।

यस बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै समाजमा सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

एभरेष्ट बैंककाे नयाँ शाखासहित ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएममार्फत सेवा दिंदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.