सिद्धार्थ बैंकको नाफा १ अर्ब २ करोड, कर्जा प्रवाहमा आक्रामक

  २०७६ माघ १० गते १०:३८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिकोतुलनामा यो वर्षको ६ महिनामा सिद्धार्थको नाफा करिब साढे ४ करोड रुपैयाँले घटेको छ ।

बैंकमा ग्राहकको १ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप छ । गत असार मसान्तमा यस्तो निक्षेप १ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा बैंकमा करिब १२ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत असार मसान्तमा यस्तो कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा कर्जा तथा लगानी भने करिब १४ अर्ब रुपैयाँले बढेको छ । यो तथ्यांकले कर्जा तथा लगानीमा सिद्धार्थ बैंक आक्राम भएको संकेत गर्छ ।

गत पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा खुद व्याज आम्दानी २ अर्ब २८ करोड रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात १.५५ प्रतिशत छ । बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ११५.३४ प्रतिशत रकम राखेको छ । पुँजीको लागत ७.२७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत, आधार दर १०.०४ प्रतिशत, व्याज अन्तर ५.१७ प्रतिशत र रिटर्न अन इक्वीटी (आरओई) १३.८२ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.