सानिमा बैंकको नाफा १ अर्ब १४ करोड, निक्षेप १० अर्ब बढ्यो

  २०७६ माघ १० गते १०:११     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकसँग ग्राहकको ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । गत असार मसान्तमा सानिमा बैंकमा ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप थियो । ६ महिनाको अवधिमा सानिमाले करिब १० अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।

सानिमा बैंकले पुस मसान्तसम्ममा ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत असार मसान्तसम्ममा बैंकको कर्जा तथा लगानी ८१ अर्ब ४१ करोड रुपैयाँ थियो । ६ महिनाको अवधिमा बैंकमा करिब १० अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा तथा लगानी भने करिब ७ अर्ब रुपैयाँ बढेको छ ।

बैंकले ६ महिनामा २ अर्ब १६ करोड ६७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

पुससम्मको नाफाको आधारमा बैंकले सेयरधनीलाई ९५ करोड रुपैयाँ बाढ्न सक्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ४१ करोड रुपैयाँ छ ।

बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । यस्तै, आधार दर ९.२९ प्रतिशत र व्याज अन्तर (स्प्रेड) दर ५.०४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.