सागका पदक विजेता खेलाडीलाई एनआईसी एशियाले दियो १० लाख

  २०७६ माघ १० गते १०:१५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले १३ औं दक्षिण एशियाली खेलकुदका विजेतालाई ९ लाख ९५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा खेलकुदमा सहभागी विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप सो रकम बराबरको चेक प्रदान गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन् । कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हो । २१ लाखभन्दा बढी ग्राहक यस बैंकबाट प्रभावित छन् ।

उक्त बैंकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.