माघ ९ गतेदेखि ग्राण्डी अस्पतालमा पाठेघरकाे स्क्रिनिङ हुँदै

  २०७६ माघ ८ गते १७:२८     विकासन्युज

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालले बिहिबार पाठेघरकाे मुखकाे क्यान्सर स्क्रिनिङ कार्यक्रम गर्न भएको छ । अस्पतालले माघ ९ गते आफ्नै परिसरमा साे कार्यक्रम गर्न भएको हो ।

कार्यक्रम दिउँसो १ बजे हुनेछ । स्क्रिनिङमा प्रोफेसर डा. पदम राज पन्त र डा. समिरा साफि खान संग्लग्न हुनेछन् ।

पछिल्लो  समयमा महिलाहरुमा सबैभन्दा बढी देखिने समस्या भनेको पाठेघरको मुखकाे क्यान्सर हो, जुन प्रजनन् उमेर समूहका महिलामा बढी देखिन्छ । सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी र पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

यो महिनावारी सुकिसकेका महिलामा पनि देखिने गर्दछ ।

महिनावारी सुकिसकेको अवस्थामा महिलाहरुको शरीरमा हर्मोनको लेभल कम हुन जान्छ, जसले योनीको छालाहरु पातलो हुन्छ र रोगसँग लड्ने क्षमता पनि कम भएर जान्छ ।

कुनै पनि व्यक्तिमा क्यान्सरका लक्षणहरु देखापर्नु अगावै सुरुको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ। क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने आयु बढाउन सहयोग गर्छ।

रोग नलागेको अवस्थामा यसले अनावश्यक मानसिक तनाव दिने र परीक्षण तथा उपचार खर्च बढाउँछ भने स्क्रिनिङ गर्दागर्दै पनि कहिलेकाहीँ रोग छुट्न पनि सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.