राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  २०७६ माघ ७ गते १५:३९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.