ह्यून्डाई कोना ईलेक्ट्रीक कार ५७३१ मिटर अग्लाे हिमाल उक्लियाे, गिनिज वर्ल्ड बुकमा नयाँ रेकर्ड

  २०७६ माघ ७ गते १०:३०     विकासन्युज

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड तोडेबापत सो उपाधि हासिल गरेको हो ।

कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।

गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।

यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभि सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फमेन्स बेजोड समिश्रण रहेको यो ग्रीन कार सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।

 

यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फमेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो ।

यस सफलताले कोना इभिको पावरफुल  प्रदर्शन गरेको र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फमेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.