मुनाल सहकारीद्वारा प्रहरी कार्यालय भवन निर्माणमा आर्थिक सहयोग

  २०७६ माघ ५ गते १६:०७     विकासन्युज

काठमाडौं । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था सहकारीले आफ्नो बाह्रौं वार्षिक उत्सवको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा निर्माण भईरहेको कार्यालय भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष दिलिपराज श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.