माघे संक्रान्तीका लागि उपत्यका भित्रियो साढे १ हजार टन तरूल, मूल्य वृद्धि

  २०७६ पुष २८ गते १२:४१     सुनिता पुडासैनी

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष तरुलको मूल्य तथा मागमा वृद्धि भएको छ । विशेषगरी पुस महिनामा आयात हुने तरुलप्रति उपत्यकामा माग बढिरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उप निर्देशक विनय श्रेष्ठले बताएका छन् ।

माघे संक्रान्तीमा तरूलकाे माग धेरै हुने गर्छ । साेही कारण तरूलकाे मूल्य बढेकाे हाे । ‘यो महिनामा मात्र करिब १२ सय टन तरुल आयात हुने अनुमान छ, हालसम्म १ हजार ३८ टन तरुल उपत्यका भित्रिएको छ,’ उपनिर्देशक श्रेष्ठले भने ।

यस वर्ष सबभन्दा धेरै सर्लाही जिल्लाबाट ४ सय ३१ टन तरुल कालिकाटी तरकारी बजारमा आएको छ ।

उपनिर्देशक श्रेष्ठका अनुसार तराईबाट उपत्यकामा वार्षिक रुपमा तरुल आयात हुँदै आएको छ । परम्परादेखि चलिआएको माघे सङ्क्रातिलाई तरुलको पर्व पनि भन्ने गरिन्छ । तरुलसँगै पिडालु, ध्यू, चाक्कु खाने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

यसवर्ष भारतबाट ४० टन तरुल आयात भएकाे छ । पछिल्लो समय नेपालकै उत्पादनले नेपाली बजार धान्ने देखिएको छ । पछिल्लो समय सुनसरी जिल्लामा १ सय १९ टन तरुल काठमाडाैं अाएकाे छ । झापा, गोरखा, नवलपरासी, काभ्रे, दोलखा, धादिङ्ग, चितवन, सिन्धुली, रौतहट, उदयपुर, नुवाकोट  आदि जिल्लाबाट विभिन्न किसिमका तरुल उपत्यका भित्रिने गर्छन् ।

विशेषगरी यस वर्ष तरुलको मूल्यमा भने गतवर्षको तुलनामा सामान्य वृद्धि भएको छ । गतवर्ष प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा बिक्री भएको तराई तरुलको मूल्य यसवर्ष प्रतिकेजी ६५ देखि ७५ रुपैयाँसम्म विक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जानकारी दिएको छ ।

त्यस्तै, माघे संक्रान्ती बजारलाई लक्षित गरी तरुलसँगै पिडालु र शक्करखण्डको आयात हुने गर्छ । यस वर्ष १ सय ६० टन पिडालु र १ सय ८३ टन शक्करखण्ड आयात पुस महिनामा आयात भएको छ । गतवर्षको तुलनामा यस वर्ष आयात बढ्न गएको छ । गत वर्ष १ सय ३५ टन पिडालु र १ सय ६० टन शक्खरखण्ड काठमाडौं भित्रिएको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.