व्यवस्थापन नेतृत्व नभेट्ने समस्याबाट बीमा कम्पनी मुक्त, सबै कम्पनीले पाए सीईओ

  २०७६ पुष २७ गते १२:०७     नबिन पोखरेल

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले व्यवस्थापनको नेतृत्व प्राप्त गरेका छन् । केही समयअघिसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सीईओ नियुक्ति गरिसकेका हुन् ।

पछिल्लो समय बीमा कम्पनीहरुमा सिईओ नियुक्ती धमाधम हुन थालेको छ । खाली रहेका कम्पनीमा अब कसले नेतृत्व गर्छ भन्ने पनि करिब पक्का भएको छ ।

सानिमा लाइफ

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ फेला पारेको छ । कम्पनीको सीईओमा चिरायु भण्डारी नियुक्त हुने करिब पक्का छ । भण्डारीले नेपाल पूनर्बीमा कम्पनीबाट गत आर्थिक वर्षको अन्त्यसँगै अवकाश पाएका थिए । कुलिङ पिरिएडको कारण मात्रै सानिमा लाइफमा उनको प्रवेश केही ढिला भएको हो । भण्डारीले माघदेखि कार्यभार सम्हाल्नेछन् ।

सानिमा जनरल

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सीईओ पनि टुंगो लागेको छ । सानिमा जनरलको सीईओ भएर सुद्युम्न उपाध्याय जाने करिब पक्का छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको पूर्वसीईओ उपाध्याय अहिले नेपाल बाहिर छन् ।

प्रिमियरमा उनको कार्यकाल गत कात्तिकमा सकिएको थियो । बीमा समितिले ६ महिनाको कुलिङ पिरियड तोकेको कारण उनको नियुक्तिमा ढिलाई भएको हो ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्सको सीईओको जिम्मेवारी प्रकाश खत्रीले सम्हाल्ने छन् । हाल उनी सोही कम्पनीको एक्टिङ सिइओको रुपमा काम गर्दै आएका छन् ।

युनाइटेड इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओको जिम्मेवारी रमेशकुमार भट्टराईले पाउने भएका छन् । उनी अहिले सोही कम्पनीको कामु सीईओ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.