हार्ले डेभिडसनले कम मूल्यका बाइक उत्पादन गर्ने, लक्षित बजार एशिया

  २०७६ पुष २६ गते १६:३०     विकासन्युज


काठमाडाैं । अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले चाइनिज मोटरसाइकल कम्पनी चेज्याङ् च्याङ्जाङ्सँग साझेदारी गर्दै एशियाली बजारका लागि भनेर साना सीसीका मोटरसाइकल उत्पादन गर्ने भएको छ । चेज्याङ् च्याङ्जाङ् वेनेली ब्राण्डको प्यारेन्ट कम्पनी पनि हो ।

हार्लेको सानो मोटरसाइकल यस प्रकारको हुनेछ भन्ने किसिमको संकेत गर्ने फोटो पनि वाहिरीसकेको छ । विभिन्न अनलाइन मिडियाहरुका अनुसार हार्लेको सो मोटरसाइकल ३३८ सीसीको हुनेछ भने सो मोटरसाइकल आगामी जुन महिनामा सार्वजनिक गरिनेछ ।

त्यसैगरी ३३८ सीसी हार्ले डेभिडसन बेनेलीको ३०२ प्ल्याटफर्ममा आधारित हुने अनुमान गरिएको छ । सो प्ल्याटफर्मका मोटरसाइकलमा बेनेलीले ३०० सीसी प्यारालल ट्वीन इञ्जिन समावेश गरेको छ जसले ३८.२६ एचपीको पावर र २६.५ एनएमको टर्क उत्पादन गर्दछ ।

निर्माण पश्चात् हार्लेको सो मोटरसाइकललाई शुरुमा चाइनामा सार्वजनिक गरिनेछ भने त्यसपछि मात्र थाइल्याण्ड, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, मलेशिया, जापान, इण्डिया र नेपाल लगायतका देशहरुमा पुर्याइनेछ । हाल नेपाली बजारमा उपलब्ध हार्ले मोटरसाइकलको न्यूनतम मूल्य २२ लाख रुपैयाँ पर्दछ भने उक्त ३३८ सीसीको मोटरसाइकल नेपाली बजारमा आइपुग्दा अझ कम मूल्य पर्न जाने निश्चित छ ।

आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स प्रा.लि. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.