जानकी फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न, २२ प्रतिशत लाभांश पारित

  २०७६ पुष २४ गते १८:०४     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथ प्रसाद साहको सभापतित्वमा जनकपुरधामस्थित होटल मानकी इन्टरनेशनल प्रा.लि.मा सम्पन्न भएको हो ।

सभाले कम्पनीको प्रस्तावित २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यस्तै, जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

साथै, संस्थाले आफ्नो वित्तीय कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.