ब्रिथ क्लिन–अनमास्क नेपाल, पोखराको लेक साईडमा वातावरण प्रदुषणसम्बन्धी जनचेतना

  २०७६ पुष २३ गते १४:३८     विकासन्युज

काठमाडौं । जगदम्बा स्पोर्टसअन्तर्गत पोखरा राईनोज टिमले हालै पोखराको लेक साईडमा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम टि.भि.एस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा भएको हो ।

पुस १५ गतेबाट शुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्युनीकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नाराका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रबद्र्धनमा मेरो साथ र न्युनीकरण गर्न हस्ताक्षर संकलन गरी सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, ¥यालि तथा बृक्षारोपण कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे ।

आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रबद्र्धन गर्ने हितले क्रिकेट सम्बन्धि विभिन्न खेल सामग्रिलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखी खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्ने सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.