टाटाले ल्याउँदै नयाँ प्रिमियम कार, भारतमा मूल्य ५ देखि ८ लाखसम्म पर्ने अनुमान

  २०७६ पुष २१ गते १५:१०     विकासन्युज

काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा प्रिथक हुनुले पनि यो एउटा चर्चाको विषय बन्न पुगेको हो ।

खास के छ यसमा ?

‘एल्ट्रोज’ टाटाको इम्प्याक्ट २.० डिजाइनमा आधारित रहेर निर्माण भएको छ जसले गर्दा यसको डिजाइन एकदमै आकर्षक र प्रभावकारी बनेको छ । यस कारमा सनरुफ, १६-इञ्च लेजर कट अलोए व्हिल्स, ७-इञ्च टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ७-इञ्च फ्लोटिङ्ग टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेयरिङ्ग व्हिल, फुल अटोमेटिक एसी, क्रुज कन्ट्रोल, १५-लिटर कुल्ड ग्लोभ बक्स र ब्लू एम्बिएन्ट लाइट लगायतका विशेषताहरु समावेश हुनेछन् ।

सेफ्टि फिचरहरुको रुपमा चाहिँ टाटाले एल्ट्रोजमा एन्टि लक ब्रेकिङ्ग सिस्टम, इलेक्ट्रिोनिक ब्रेकफोर्स डिस्ट्रिब्यूशन सिस्टम, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर्स, चाइल्ड सेफ्टी लक, ड्राइभर र को-ड्राइभर सिट बेल्ट रिमाइन्डर र हाइ-स्पिड अलर्ट सिस्टमजस्ता विशेषताहरु समावेश गरेको छ ।

यस कारमा दुई अलग इञ्जिन अप्शनहरु उपलब्ध हुनेछन् । पहिलो इञ्जिन १.२ लिटरको ३-सिलिण्डर, रेभोट्रोन पेट्रोल इञ्जिन रहनेछ भने दोश्रो चाहिँ १.५ लिटरको ४-सिलिण्डर रेभोटर्क टर्बो डिजेल इञ्जिन हुनेछ । दुईओटै इञ्जिनहरु बीएस६ प्रदूषण मापदण्ड अनुरुपका हुनेछन् भने दुवै इञ्जिन ५-स्पिड म्यानुअल गियरबक्सका साथ उपलब्ध हुनेछन् । पेट्रोल इञ्जिनले ८६ एचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्नेछ भने डिजेल इञ्जिनले चाहिँ ९० एचपीको पावर र २०० एनएमको टर्क उत्पादन गर्दछ ।

कम्पनीका अनुसार एल्ट्रोज पाँच अलग भेरियन्टहरु एक्सइ, एक्सएम, एक्सटि, एक्सजेड र एक्सजेड(ओ) मा उपलब्ध हुनेछ ।

लञ्च र मूल्य

टाटाले जनाए अनुसार एल्ट्रोजलाई जनवरी २२ मा भारतमा आधिकारीक रुपमा सार्वजनिक गरिनेछ । हाल कारको मूल्य ताेकिनसके पनि भारतीय रूपैयाँ पाँच लाखदेखि आठ लाखसम्म पर्ने कम्पनीले अनुमान गरेकाे छ ।

लञ्च पश्चात एल्ट्रोजले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.