कामना सेवा विकास बैंकको नगद लाभांश पारित

  २०७६ पुष १७ गते १७:४७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित ६.८ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार(पुस १७) गते काठमाडौं डिल्लीबजारस्थित अमृत भोगक्याटेरर्समामा सम्पन्न बैंकको १३ औंवार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै संस्थाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई हालको चुक्ता पुँजीको ६.८ प्रतिशतका दरले १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी दुई अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

विकास बैंकले यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताएका छन् । त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढ्ने बताए ।

विकास बैंकले हाल ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.