पोखरामा सिद्धार्थ इन्स्योरेन्सकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  २०७६ पुष १६ गते १६:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्बन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारबाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष संलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ क्रियासिल रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.