पर्यटन मन्त्री भट्टराई भन्छन्- ‘सार्वजनिक सम्पत्तिमा क्षति हुने कार्य गरे संलग्नबाटै क्षतिपूर्ति भराइने छ’

  २०७६ पुष १५ गते १३:२१     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै कार्य गरे त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन् ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले  केही असन्तुष्टिकाे विषयलाइ लिएर हड्ताल गर्ने र सरकारी सम्पत्ति ताेडफाेड गर्ने गतिविधी भइरहेकाले यस्ताे गर्नेबाट नै क्षतिपूर्ति भराइने बताएका हुन्  ।

कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् ।

मन्त्री भट्टराईले यस्ता असन्तुष्टिका विषयहरू समझदारीबाट समाधान हुने बताउँदै आमम हड्ताल र ताेडफाेडले सबैलाई हानी हुने बताए । ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’,प्राधिकरणकाे स्थापनाकै दिन यस्ताे कुरा गर्न हुन्न ।’ उनले भने ।

जन्मदिनकाे दिन शुभकामना दिनुकाे सट्टा कात्राे लिएर आउँछु भन्ने जस्ताे देखियाे त्यसैले यस्ताे भन्न सुहाउन्न उनले भने ।प्राधिकरणले  आफ्नाे २१ औं वार्षिकोत्सव  समाराेहमा विभिन्न क्षेत्रका धेरै व्यक्तित्वहरूलालाई पुरस्कृत गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.