हप्तामा दुई दिन खाना नखाँदा दर्जनौं रोग चैट, धेरै वर्ष बाँच्न उपवास आवश्यक

  २०७६ पुष १४ गते १७:५३     विकासन्युज

काठमाडाैं ।  विभिन्न धर्ममा उपवासलाई निकै प्राथमिकता दिने गरिएको छ । विशेष गरेर हिन्दु र मुस्लिम समुदायमा यो चलन प्रचलित छ । भगवान्सँग वरदान माग्न धेरै मानिसहरु उपवास बस्ने गरेका छन् । यो विषय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुरा तपाई हामीले धेरै सुन्दै आएका छौं ।

तर, पुष्टी भएको भने पहिलोपल्ट हो । शताब्दी लामो अध्यनपछि यो विषय धार्मिक रुपमा मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको पाइएको छ । सन् १९९७ मा प्रकाशित जर्नलमा विन्डर्च र सोहोको लेख अनुसार जिन्दगीभर खानेकुराहरु क्यालोरी कम गरेर खाँदा त्यसले बढ्दो उमेर र आयुमा प्रभाव पार्न सकिन्छ ।

उनीहरुले खानामा क्यालोरी कम गरेर खाँदा शरीरमा हानिकारक फ्रि रेडिकल्सको उत्पादन घट्ने र त्यसले स्वास्थ्यमा धेरै फाईदा पुर्याउने कुराको उल्लेख गरेका छन् । त्यसपछि मानिस तथा जनावरहरुमा तीन प्रकारको उपवासको तरिकालाई अध्यन गरिएको थियो ।

पहिलो, एक दिन बिराएर गरिने उपवास, दोस्रो, हप्तामा दुई पटकसम्म गरिने उपवास र तेस्रो, दैनिक खाने खाना लामो समयको ग्याप राखेर खाने उपवास । यसमा केही पनि नखाई गरिने उपवासलाई भने जोडिएको छैन ।
मानिस र जनवारहरुमा गरिएको अध्ययनले अस्थाई उपवासले वजन घट्ने, शरीरमा स्वतन्त्र रेडिकलको कम उत्पादन हुनुको साथै स्वास्थ्यमा धेरै नै फाईदा भएको देखाएको छ ।

यसबाहेक अस्थाई उपवासले शरीरमा ग्लुकोज, तनाव प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । उपवासको समयमा शरीरका कोषहरुले अक्सिडेटिभ स्टे«स र मेटाबोलिक स्ट्रेस प्रतिको आन्तरिक प्रतिरक्षा क्षमता बढाउनुको साथै बिग्रिएका कणहरुलाई हटाउने वा सुधार्र्ने काम गर्दछ ।

खाना खाने अवधिभर शरीरका कोषहरु विकास प्रक्रियामा संलग्न हुन्छन् । तर, धेरै जसो व्यक्तिहरुले दिनमा कम क्यालारीको खाना खाएपनि ३ पटकसम्म पनि खाने भएकोले त्यसलाई अस्थाई उपवास भने भन्न मिल्दैन । जनावरहरुमा गरिएको क्लिनिकल अध्ययनहरुले अस्थाई उपवासले मोटोपना, मधुमेह, हृदयरोग, क्यान्सर, मस्तिसकका नशाका रोगहरुलाई परिमार्जन गरेको पाइएको छ ।

जनावर र मानिसमा भएको अध्ययनको समीक्षा गर्दा अस्थायी रूपमा उपवास बस्नाले सामान्य स्वास्थ्य सूचकहरूलाई असर पार्न र ढल्कँदो उमेरको गतिलाई पनि कम गर्नसक्ने देखाएको छ । सर्वप्रथम, उपवासप्रति शरीरको पाचन शक्ति र मोलिक्युलको प्रक्रिया यस्तो रहेको छ ।

उपवास र पाचन प्रणालीबिचको सम्बन्ध

शरीरको कोषिकाहरुको उर्जाको लागि ग्लुकोज र फ्याटी एसिड मुख्य स्रोत हुन् । खानापछि ग्लूकोज शरीरमा उर्जाको लागि प्रयोग गरिन्छ । फ्रयाट ट्राइग्लिसराइड्सको रूपमा एडिपोज टिस्यूमा भण्डारण हुन्छ । यसरी भण्डारण गरिएको फ्याटलाई आवश्यक परेको अवस्थामा प्रयोग गरिन्छ ।

अस्थाई उपवासको समयमा ट्राईग्लाईसरिड्सहरु फ्याटी एसिडको रुपमा परिणत हुन्छन् र त्यो उर्जाको रुपमा प्रयोग हुन्छ । कलेजोले फ्याटी एसिडलाई किटोन बडिको रुपमा परिवर्तन गर्दछ । जसले उपवासको समयमा हड्डीहरू र विशेष गरी दिमागलाई ऊर्जा प्रदान गर्दछ ।

खाना खाएको अवस्थामा किटोन बडिमा रगतको मात्रा कम हुन्छ र मानिसहरुमा अस्थाई उपवास सुरु भएको ८ देखि १२ घण्टाको अवधिमा त्यसको मात्रा बढ्दछ । हरेक दिन वा हप्तामा खाईएको खानामा क्योलीरी घटाएर खाएको खानाले शरीरमा किटोन बडिको मात्रा बढाउँदछ ।

शरीरको उर्जा स्रोतको रुपमा प्रयोग हुने ग्लुकोजको सट्टा फ्याटी एसिड र किटोन बडिको प्रयोगले शरीरको पाचन प्रणाली मजबुत गर्दछ । किटोन बडिहरुले उपवास अथवा महिनावारीको समयमा शरीरमा प्रयोग हुने इन्धनको रुपमा मात्र नभएर शरीरका कोषिकाहरु र अंगहरुको गतिविधीमा सहयोग पुर्याउँछ ।

उपवास र तनाव प्रतिरोधात्मक क्षमता

हाम्रो दाँजोमा हाम्रा पुस्ताहरुले न त दिनको ३ पटक खाना खाए न त आसिन जिवन नै बिताए । यसको सट्टा उनीहरुले वातवरणमा पाईने धेरै प्रकारका खाद्य सामाग्री खाने गर्थे । समय बित्दै जाँदा मानिसहरु वातावरण अनुकुल परिवर्तनमा आफुहरुलाई ढाल्दै लगे जसले उनीहरुमा विकासवादी परिवर्तनहरु देखा पर्न थाल्यो ।

बारम्बार शरीरलाई अस्थाई उपवाससँग चिरपरिचित गराउँदा कुनै प्रकारको कार्य पछि देखिने चुनौतीहरुप्रति स्थायी रुपमा शरीरले उचित प्रतिक्रिया देखाउँन थाल्छ । अस्थाई उपवासप्रति शरीरका कोशिकाहरुले एकृकित रुपमा तनावप्रति उचित प्रतिकृया देखाउन मद्दत गर्दछ जसले एन्टिअक्सिीडेण्ट प्रतिरक्षा, डिएनए मर्मत, सुन्निएको भागहरुलाई कम गर्न सक्छ ।

स्वास्थ्य र आयुमा उपवासको प्रभावहरू

मानिसहरुमा क्यालोरी नियन्त्रणले वा अस्थाई उपवासले कस्तो प्रभाव पार्छ भन्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ । जनवारहरुमा गरिएको शताब्दी लामो क्यालोरी कम गरेर गरिएको अध्यनले कम क्यालोरीको खाना खानाले आयु वृद्दि गराउने पुष्टि गरेको छ ।

अस्थाई उपवासमा गुड्रिक र उनका सहकर्मीहरुले गरेको प्रारम्भिक अध्यनले एक दिन बिराएर गरिएको उपवासले एउटा मुसाको आयु ८० प्रतिशतले वृद्धि भएको रिर्पाट गरेका छन् । यद्यपि क्यालोरी प्रतिबन्धले स्वास्थ्य र आयुमा पार्ने प्रभाव लिंग, आहार, उमेर, र आनुवंशिक कारकहरुले फरक पार्ने गर्दछ।

सन् १९३४ देखि २०१२ को अवधिको डाटाको समग्रमा रुपमा गरिएको विश्लेषणले क्यालोरी प्रतिबन्धले सामान्य प्रजातिको मुसामा १४ देखि ४५ प्रतिशत र खैरो प्रजातिको मुसामा ४ देखि २७ प्रतिशतले आयु बढेको देखाएको छ । उक्त अध्यनले मोटोपना घट्नु र जिवनकालबिचको सम्बन्ध उल्टो देखिएको छ ।

जसअनुसार छोटो आयु भएकाहरुमा धेरैमात्रामा मोटोपना कम भएको देखियो । जुन कडा उपवासको नतिजा थियो । आयु लम्बिएकाहरुमा मोटोपना थारै मात्रामा कम भएको थियो । यद्यपि बाँदरहरुमा गरिएको अध्यनले दुई भिन्न नतिजा देखाएको छ ।

विस्कन्सिन विश्वविद्यालयमा गरिएको अध्यनले क्यालोरीको मात्रा घटाउँदा स्वास्थ्य र आयुमा सकरात्मक परिवर्तन देखिएको छ । जबकी, नेसनल ईन्सटिच्युट अफ एजिङको अध्यनले क्यालोरीमा कम गर्दा समग्र स्वास्थ्यमा राम्रो भएको देखिए पनि त्यसले आयुमा केही फरक पारेको देखिएन ।

मानिसहरुमा भने अस्थाई उपवासले मोटोपना, उच्च रक्तचाप, शरीर सुन्निएको कम गर्छ । त्यसैले अस्थाई उपवासले मानिसकलाई धेरै हदसम्म स्वास्थ्य लाभ प्रदान गर्न देखिन्छ ।  २२ दिनको लागि १६ जना मानिसहरुमा गरिएको वैकिल्पक दिनको उपवासको परिक्षणले उनीहरुको तौल २.५ किलो कम, ४ प्रतिशतले फ्याट मास र ५७ प्रतिशतले ईन्सुलिन लेभल कम भएको पाईएको छ ।

यस्तै, हप्ताको ५ दिन सधैँ खाने खाना र २ दिन कम क्यालारीका खाना दिएर अधिक तौल भएका सयभन्दा बढी महिलामा परीक्षण गरिएको थियो ।  यसरी गरिएको दुई परीक्षणमा दुवै समुहका महिलाहरुले उही मात्रामा तौल कम गरे । तर, हप्तामा दुई दिन कम क्यालोरीका खाना खाने महिलाहरुमा कम्मरको परिधी कम भएको र ईन्सुलिनको सेन्सिभिटि बढेको पाइएको छ ।

अस्थाई उपवास वा खानामा क्यालोरी कम गरेर बसिने उपवास स्वास्थ्यको लागि निकै नै फाईदाजनक रहेको यसकारण पुष्टि हुन्छ । यद्यपि, कडा प्रकारका उपवासहरु अर्थात केही नखाई बसिने उपवास स्वास्थ्यको लागि फाइदाजनक छैन ।

 (द न्यू इङ्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखकाे भावानुवाद) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.