मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्म छुट

  २०७६ पुष १४ गते १४:५७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकले आफ्ना विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने भएको छ । बालुवाटारस्थित उक्त क्लिनिकले बैंकका ग्राहकहरुलाई तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.