कामना सेवाको ६ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा

  २०७६ पुष १३ गते १७:५३     विकासन्युज

काठमाडौं । कामना सेवाविकास बैंकले गतहप्ता मात्र ६ वटा नयाँशाखा विस्तार गरेको छ । काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल६ वटा नयाँशाखा सञ्चालनमा ल्याएको छ ।

यस बैंकले व्यवसायविस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एविविएस्, एसएमएस्, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.