साताको शेयर बजार: झण्डै तीन अर्बको कारोवार

  २०७६ पुष १२ गते १६:३४     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १ सय ७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर  दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६ सय ९० रूपैयाँ मूल्यमा खरिदबिक्री भए ।

नेप्सेका अनुसार साताको पहिलो दिन  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १ सय ६८.५८ मा पुग्यो । कूल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर  ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रूपैयाँ बराबरको कारोवार भयाे ।

मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १ सय ६६.२१ मा पुग्यो । कूल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ रूपैयाँमा खरिदबिक्री भए ।

बुधबार नेप्से १.८२ अङ्कले बढेर १ हजार १ सय ६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोवार भए ।

बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रूपैयाँ मूल्यमा कारोवार भयाे ।

साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३ सय ९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३ सय १९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.