सूर्यग्रहणकाे आर्थिक राशिफलः सेयर र घरजग्गामा वृष र मिथुनलाई नाेक्सान; ४ राशिलाई मात्र फाइदा

  २०७६ पुष ९ गते २२:०८     - ज्यो.प. नारायणप्रसाद दुलाल

काठमाडाैं । विहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत लगायत एशियाका सबै देश र पूर्वी युरोप, उत्तर/पश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार विहीबार बिहान ८ /४२  मिनेटमा स्पर्श हुने र १०/०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा समाप्ति हुनेछ । ग्रहण कलाको सम्पूर्ण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ ।

शास्त्र अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । सूर्यग्रहणमा १२ घण्टापूर्वदेखि नै सूर्यको विकिरण र नकारात्मक उर्जा हाम्रो वायुमण्डलमा फैलिने भएकाले उक्त समयमा बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणीहरूलाई भोजन निषेध गरिएको हो । यसको वैज्ञानिक कारण पनि यहि नै हो ।

ग्रहणको समयमा खानेकुरा पूर्ण निषेध हुनुका साथै कल कारखाना, उद्योग धन्दासहित पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गर्नुपर्छ ।

लेखक

ग्रहणको समयमा ग्रहण स्पर्श भएसंगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणीहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।

यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मूल मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ साथै सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ भने शुद्ध गाईको गोबर, तुलसीपत्र वा कुश राखिएको ठाउँमा सूर्यको विकिरण र नकारात्मक उर्जा आउन नसक्ने वैज्ञानिक कारणपनि रहेको छ ।

यो खण्डग्रास सूर्यग्रहणको आर्थिक राशिफल निम्न अनुसार रहेकाे छ ।

मेष :      मानहानीहुने र व्यवसायमा नोक्सानी हुने ।

वृष :      कष्ट हुने र शेयर बजार दुख दायी रहने ।

मिथुन : स्त्री पीडा हुने र घरजग्गाको कारोबार मन्दि रहने ।

कर्कट :  सुख मिल्ने  र आर्थिक स्तर सुध्रिने ।

सिंह :    चिन्ता बढ्ने र लगानी डुब्ने भय रहने ।

कन्या :  व्यथा बढ्ने  र पाटनरसीपमा कमजोर भइने ।

तुला :    श्री: वृद्धि हुने  र शेयर बजारबाट लाभ मिल्ने ।

बृश्चिक :  क्षति हुने र आर्थिक नोक्सानी हुने ।

धनु :     घात हुने र खाद्यान्नको लगानी डुब्ने भय हुने ।

मकर :   खर्च बढ्ने र  धातुजन्य लगानीमा नोक्सानी हुने ।

कुम्भ : श्री: लाभहुने र रोकिएको अधुरा काम बन्ने ।

मीन : भौतिक सुख मिल्ने र आर्थिक लाभ हुने ।

narayandulal777@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.