चिनियाँको धन्दा: एकल महिला फकाउनेदेखि व्यापारीलाई ठग्नेसम्म, कस्ताे कारबाही गर्ने प्रहरी नै अनविज्ञ

  २०७६ पुष ९ गते १६:४१     विकासन्युज

काठमाडाैं । सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकहरुलाई कस्तो कारबाही गर्ने भन्ने बारे नेपाल प्रहरी अनविज्ञ देखिएको छ । उनीहरुले के अपराध गर्याे भन्ने बारे प्रष्ट नपारेका कारण पनि प्रहरी अनविज्ञ देखिएको बुझ्न सकिन्छ ।

बुधबार पत्रकार सम्मेलन मार्फत चिनियाँ नागरिकबाट बरामद गरिएका सामाग्रीहरु सार्वजिनक गरेपनि उनीहरुले के अपराध गर्यो र कस्तो कारबाही हुन्छ भन्ने बारे प्रहरीले प्रष्ट पारेको छैन । उनीहरुलाई गैरकानुनी कार्यमा संलग्न रहेको सुचनाका आधारमा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठबाट सोमबार पक्राउ गरिएको थियो ।

उनीहरु सञ्जाल बनाएर साइवर अपराधमा संलग्न रहेको अनुमान गरिएको छ ।

बुधबार प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु सार्वजनिक गरेको छ । सिआइबीका निर्देशक निरज शाहीले नेपालमा विदेशी नागरिकविरुद्ध गरिएको यो सबैभन्दा ठूलो अप्रेशन रहेको बताए ।

चिनियाँ नागरिकहरुबाट ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्पापटप, ९८ थान सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिम कार्ड र ६७ वटा पासपोर्ट प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुबाट ४ लाख २४ हजार नगद रुपैयाँ समेत बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका सबैलाई अभद्र व्यवहार गरेको कसुरमा अदालतबाट पाँच दिनको म्याथ थप भई अनुसन्धान भइरहेको जनाएको छ । नेपाली र चिनियाँ सुरक्षाकर्मीहरुको टोलीले ती चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो।

एकल महिला चिट गर्नेदेखि व्यापारी ठग्ने सम्म 

उनीहरु नक्कली वेबसाइट बनाएर गैर कानुनी धन्दामा संलग्न रहेको सिआइबीले बताएको छ । थप अनुसन्धान भइरहेको भएपनि हालसम्मको अनुसन्धानको अनुसार उनीहरु विभिन्न मानिसहरुलाई ठग्ने धन्दानमा संलग्न रहेको खुलेको छ ।

‘नक्कली वेबसाइट खोलेर वेबसाइट मार्फत नै विभिन्न मानिसहरुलाई पैसाको लालच देखाउने रहेछन्, उनीहरु एकल महिलाहरुलाई चिट गर्ने, ठुला व्यापारी तथा धनाड्यहरुलाई वेबसाइट मार्फत नै विभिन्न कुराहरु गरेर ठग्ने खुल्नमा आएको छ,’ निर्देशक शाहीले भने ।

निर्देशक शाहीले बरामद सामग्रीमार्फत अनुसन्धान गरिरहेका बताए । कम्पनी ऐनदेखि राजस्वसम्बन्धी ऐनसमेत मिचिएको हुन सक्छ । त्यसतर्फ पनि हाम्रो अनुसन्धान हुनेछ । कतिपयले अध्यागमनसम्बन्धी कसुर गरेका छन् । उनीहरूको अन्तरदेशीय गिरोहका बारेमा अनुसन्धान गर्न इन्टरपोलसँग समेत सहकार्य भइरहेको छ ।

पक्राउ परेकामध्ये एक सय १४ पुरुष र आठ जना महिला रहेका छन् । उनीहरु बसेका घरहरुका मालिम पनि अनुसन्धानमा तानिने प्रहरीले जनाको छ । उनीहरु ती तीन ठाउँका तीन घरलाई भाडामा लिएर विगत तीन महिनादेखि बस्दै आएका थिए । उनीहरुले घर मालिकलाई एक घरको १२ लाख सम्म भाडा तिर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.