उपेन्द्र यादवले सरकार छोड्ने, संविधान संसोधनकाे विषयमा विवाद

  २०७६ पुष ८ गते १४:१६     विकासन्युज

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले सरकार छोड्ने भएको छ । संविधान संसोधनको विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपासँग कुरा नमिलेपछि समाजवादीले सरकार छोड्ने भएको हो ।

समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारका थियो । आज बसेको शिर्ष नेताको बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो । पार्टीको तर्फबाट अध्यक्ष यादव उपप्रधान तथा कानून मन्त्री थिए ।

यादव यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा थिए । मन्त्रिपरिषद पुनर्गठनमा उनको मन्त्रालय परिवर्तन गरेर कानुन मन्त्रालयमा लगिएको थियो भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संसोधनको प्रस्ताव पेश गर्न चाहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव राख्न नदिएपछि यादव सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.