सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच छुट सम्बन्धि सम्झौता

  २०७६ पुष ७ गते १५:४७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.