धनुषा चेम्बर अफ कमर्सद्वारा दाउरा तथा कम्बल वितरण

  २०७६ पुष ६ गते १६:३९     विकासन्युज

काठमाडौं । धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्बल वितरण गरेको छ । धनुषामा लागेको शितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई चेम्बरले दाउरा तथा कम्बल वितरण गरेको हो ।

जनकपुरधाम स्थित विभिन्न चौंकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष बिजय साहले जानकारी दिएका छन् यस वर्षको शितलहर तथा ठण्डीले जनकपुर धामका विपन्न र असहाय वर्गलाई समस्यामा पारेको छ । राहत वितरण कार्यक्रम जनकपुर उप महानगरपालिकाका प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त वितरण समारोहमा धनुषा चेम्बरका अध्यक्ष विजय साहले विपतमा परेका हरेक नेपालीलाई राहत उपलब्ध गराउनु कर्तव्य रहेको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सले उद्यमी व्यवसायी तथा उपभोक्ताहरुमा प्राकृतिक प्रकोपप्रति सजग, सचेत र जिम्मेवार रही सुरक्षित उपाय अवलम्बन गर्न अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.