निर्यातको शाख धान्दै अलैची, ३ महिनामा डेढ अर्बको निर्यात

  २०७६ पुष २ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपालमा उच्च महत्वका साथ उत्पादन हुने अलैचीले अन्तराष्ट्रिय व्यापारमा पनि उच्च स्थान बनाएको छ । नेपालबाट निर्यात हुने प्रमुख कृषि उत्पादनमा अलैची अग्रस्थानमा रहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ५४ करोड रुपैयाँ बराबरको अलैची निर्यात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा अलैची निर्यात बढेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षको ३ महिनामा ९७ करोड २७ लाख रुपैयाँ बराबरको अलैची निर्यात भएको थियो ।

पछिल्लो समय नेपालमा उत्पादित कृषिजन्य वस्तुको निर्यात बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा ८ करोड २५ लाख रुपैयाँ बराबरको ताजा तरकारी निर्यात भएको छ । गतवर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैयाँ बराबरको ताजा तरकारी निर्यात भएको थियो ।

यो अवधिमा १६ करोड ६६ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १९ करोड १७ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको थियो ।

यस्तै, १ अर्ब १६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.