दिसाजन्य लेदोको व्यवस्थापन गर्न योजनासहित अघि बढेका छाैंः खानेपानी मन्त्री मगर

  २०७६ पुष २ गते १६:२८     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ प्रविधिको माध्यमबाट दिसाजन्य लेदो वस्तुको व्यवस्थापन गर्न योजना सहित मन्त्रालय अघि बढेको बताएकी छन् । बुधबार राजधानीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठोस फोहोर मात्रै नभई दिसाजन्य लेदोको व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न योजना बनाइएको बताइन् ।

बढ्दो सहरीकरण र जनघनत्वका कारण यो समस्या बढ्दै गएकाले नयाँ प्रविधिलाई आत्मसाथ गरेर अघि बढाएर यसको व्यवस्थापनमा आमूल परिवर्तन आउन सक्ने बताउँदै खानेपानी र सरसफाईको क्षेत्रमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने र पूर्ण सरसफाई कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकार नै अग्रसर हुनुपर्ने बताइन् ।

कार्यक्रममा बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनका उप निर्देशक डा. रोशनराज श्रेष्ठले सरकारले ढल र ठोस फोहोरको व्यवस्थापनमा लगानी गरेजस्तै दिसाजन्य लेदोको व्यवस्थापनमा पनि लगानी गर्नुपर्ने सुझाव दिएका छन् । उनले आधुनिक प्रविधिको माध्यमबाट दिसाजन्य लेदोको व्यवस्थापन गर्न सकिने भएकाले यसले उर्जा उत्पादनमा सघाउ पुग्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.