गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान

  २०७६ पुष २ गते १२:३६     विकासन्युज

काठमाडौं । निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान भएको छ । पहिलो पटक सन् २०१६ मा आईएसओ चिन्ह प्राप्त यस कम्पनीको आईएसओ चिन्ह पुनः नवीकरण भएको हो ।

नवीकरणपछि नेपालका लागि आईएसओ चिन्ह वितरक नेसनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिका निर्देशक जनार्दन घिमिरे र अपरेशन म्यानेजर निर्भिक श्रेष्ठले संयुक्त रुपमा गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

आईएसओ चिन्ह प्रत्येक तीन तीन वर्षमा नवीकरण गर्नुपर्छ । पहिलो पटक आईएसओ चिन्ह प्राप्त गरी गुणस्तरलाई वृद्धि गर्दै लगेपछि मात्रै आईएसओ चिन्ह नवीकरण हुने प्रणाली छ । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.