सामान्य अंकले बढेको बजारमा २७ करोडको कारोबार

  २०७६ पुष १ गते १५:४३     विकासन्युज

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२६ अंकले बढेको छ । ०.११ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११५५.३७ बिन्दुमा पुगेको हो ।

मंगलबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर किनबेच हुँदा २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका ४ सूचक राता छन् भने ८ सूचक हरियो रहेका छन् । बैंक समूह १.५९, होटल समूह १२.७५, वित्तीय समूह ०.२५, उत्पादन मूलक समूह ४.७५ अंकले घटेका छन् ।

यस्तै, ट्रेडीङ् समूह १५.८४, विकास बैक ५.०३, जलविद्युत समूह ०.२९, निर्जीवन बीमा समूह ३८.७५, अन्य २.२९, माइक्रोफाइनान्स समूह ९.८८, जीवन बीमा समूह ४६.५८ र म्युचुअल फण्ड ०.०२ अंकले बढेकाे छ ।

नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, दिव्यशोरी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ६.८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.