नेस्ले इन्डियाले नेपालमा ‘सर्भ सेफ फूड’ प्रोजेक्ट शुरु गर्दै, ५०० स्ट्रीट फूड विक्रेतालाई तालिम

  २०७६ पुष १ गते १२:०१     विकासन्युज

काठमाडौं – नेस्ले इन्डियाले नेपालमा “सर्भ सेफ फूड प्रोजेक्ट” शुरु गरेको छ । नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सो परियोजना शुरु भएको हो ।

यस प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय ट्रीट फूड बिक्रेताहरुलाई तालिम दिइनेछ । सर्वप्रथम भारतमा सन् २०१६ मा संचालन गरिएको यस परियोजनाको ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड बिक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।

उक्त प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ ।

नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हुने बताएका छन् ।

नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गरेको नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.