चालु आवमा करिब ३ हजार निजामति कर्मचारीले अवकाश पाउँने, विशिष्ट श्रेणीकामात्रै ११ जना

  २०७६ मंसिर ३० गते १२:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा दुई हजार नौ सय ३७ जना ले अवकाश पाउने भएका छन् । सरकारी सेवामा विभिन्न क्षेत्र र स्तरमा कार्यरत करिब तीन हजार कर्मचारीले अवकाश पाउने निजामति किताबखानाले जानकारी दिएको छ । अवकाश पाउने कर्मचारीहरूमा कार्यालय सहायकदेखि विशिष्ट श्रेणीका कर्मचारी समेत रहेको निजामति किताबखानाका महानिर्देशक गिताकुमारी हुमागाईँले जानकारी दिइन् ।

चालु आवमा विशिष्ट श्रेणी (सचिव) का ११ जनाले अवकाश पाएका छन् । यहि पुस २१ गते सचिव अनिल कुमार ठाकुरले अवकाश पाउँदैछन् भने माघ महिनामात्रै चार सचिवले अवकाश पाउने भएका छन् । हाल ठाकुर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत छन् ।

माघ ३ गते अवकाश पाउने सचिव बालाराम शर्मा हाल कर्णाली प्रदेश सुर्खेतको मुख्यमन्त्री हुन् । माघमा अवकाश पाउने सचिवमा अर्थ सचिव राजन खनाल, नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर र प्रेम कुमार राई रहेका छन् । राई गृह सचिव हुन् । दिल्लीराज घिमिरे, राजीव गौतम भने आगामी जेठमा अवकाश पाउँदैछन् । यस अघिनै विष्णु लम्साल, दीपेन्द्रनाथ शर्मा, अर्जुनकुमार कार्की, आनन्दराज रेग्मीले अवकाश पाइसकेका छन् ।

यी बाहेक यहि पुसमामात्रै विभिन्न पदका २ सय ३१ निजामति कर्मचारीले अवकाश पाउँदैछन् । माघमा २ सय २८ जनाले अवकाश पाउदैछन् भने फागुनमा २ सय ३ कर्मचारीले अवकाश पाउँदैछन् । चैतमा १ सय ९८ कर्मचारीले अवकाश पाउँदैछन् । वैशाखमा ३ सय ९, जेठमा २ सय ३१ र असारमा २ सय ७८ जना कर्मचारीले अवकाश पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.