गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

  २०७६ मंसिर २५ गते १७:५६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ ।

यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ ।

जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिने विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.