प्राइमलाइफ इन्स्योरेन्सले दियाे नयाँ अभिकर्तालाई तालिम

  २०७६ मंसिर २२ गते १५:४५     विकासन्युज

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनीका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा सम्पन्न भएको हो ।

मंसिर १९, २० र २१ गते सन्धिखर्क अर्घाखाँचीमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट उपस्थित नयाँ अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको थियो । सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहलाई नियामकको तालिम तालिका बमोजिम बिशेष महत्वका साथ तालिम प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना दिएको हो ।

साथै, सही सूचना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउन शुन्य वा तीन विचार गरौं एक छिन भन्ने कम्पनीको नाराका साथ घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले कार्यक्रम सञ्चालन गरेको हो । तालिममा अर्घाखाँचीका विभिन्न पदमा रही यस वर्ष उत्कृष्ठ कार्य गर्ने पुराना अभिकर्ताहरुको सम्मान समेत गरिएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.